कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ


काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई कोकिनसहित पक्राउ गरेको छ।कतारको दोहाबाट काठमाडौं आएको जहाजकी एक जना यात्रुको साथबाट झन्डै दुई किलो कोकिन बरामद गरेको हो ।

ब्यूरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।पक्राउ पर्नेमा इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी रहेकी छन् ।

किमरोको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन्। प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..