भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’


नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् ।लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो ।


लखीसरायका पुलिस अधीक्षक (एसपी) पंकज कुमारले बीबीसीलाई भनेका छन्, ‘आशीष चौधरी नामका एक युवकले करिब पाँच वर्षअघि दुर्गा नामकी एक युवतीसँग विवाह गरेका थिए । करिब डेढ वर्षपछि दुर्गाले आशिषको साथ छाडिन् र अर्का युवकका साथ बस्न थालिन् । आशिषले यसको विरोध गरिरहेका थिए । दुर्गा दुई दिनअघि मात्र छठ मनाउन आफ्नो माइती आएकी थिइन् । आशिषले दुर्गालाई आफूसँग बस्न आग्रह गरे । आशिषको यो कुरालाई दुर्गा र उनको परिवारले स्वीकार गरेन ।’


एसपी पंकज कुमारका अनुसार यही विषयमा आशिषले अन्य दुई जनाको साथ लागेर दुर्गाको परिवारमाथि गोलाबारी गरे । जसमा दुई जनाको ज्यान गयो । घाइते भएका चार जनालाई उपचारका लागि पटना पठाइएको बीबीसीले जनाएको छ ।


यो गोलाबारी त्यसबेला भयो जब दुर्गा र उनको माइतीहरु उदाउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्किरहेका थिए ।एसपी पंकज कुमारका अनुसार आशिष अहिले फरार छन् । उनलाई पक्राउ गर्नका लागि प्रहरीले ठाउँठाउँमा छापा हानिरहेको छ ।


यो गोलाबारीपछि आशिषका एक सहयोगीलाई प्रहरीले पक्राउ गरिसकेको छ । हत्यामा प्रयोग गरिएको दुई मध्ये एउटा हतियारसमेत प्रहरीले बरामद गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..