ज्योति विकास बैंकको सीइओबाट भट्टले दिए राजीनामा


काठमाडौं। ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट श्रीचन्द्र भट्ट बाहिरिएका छन्। २०७७ साउनमा चार वर्षका लागि नियुक्त भएका भट्टले कार्यकाल बाँकी छँदै बैंकको व्यवस्थापकीय नेतृत्वबाट राजीनामा गरेका हुन्।कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकाललाई दिइएको छ। उनी बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए।


पछिल्लो समय ज्योति विकास बैंकबाट प्रमुख कार्यकारी अधिकृतहरुले पूर्ण कार्यकाल नबिताइ राजीनामा दिइरहेका छन्। उनीअघिका मनोज ज्ञवाली पनि राजीनामा गरेर बाहिरिएका थिए।

ज्ञवाली बैंकको सञ्चालक समितिसँग कुरा नमिलेर बाहिरिएका थिए।स्रोतका अनुसार, सञ्चालक समितिले दिएको लक्ष्यअनुसार भट्ट खरो नउत्रिएकाले उनी दबाबमा थिए। त्यही दबाबमा सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..