कतार विश्वकपमा मेसीले लगाएका ६ वटा जर्सी अक्सनमा राखिँदै

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले सन् २०२२ को कतार विश्वकपमा लगाएका ६ वटा जर्सीलाई अक्सनमा राखिँदैछ ।यो महिनाको अन्तिममा बिडिङ सुरु हुनेछ । मेसीले लगाएको जर्सी, खेलकुद जगतकै सबैभन्दा मूल्यवान हुने अनुमान गरिएको छ ।


सेतो र निलो रंगको जर्सीको अक्सन नोभेम्बर ३० देखि सुरु भएर डिसेम्बर १४ मा बन्द हुनेछ । सोही बेला सर्वसाधरणका लागि जर्सीलाई प्रर्दशनीमा पनि राखिनेछ । जर्सीको संकलनले दश मिलियन डलरभन्दा बढी मूल्य पाउने विश्वास गरिएको छ ।


संकलनमा मेसीले विश्वकप फाइनलमा फ्रान्सविरुद्ध पहिलो हाफमा लगाएको जर्सी पनि समावेश छ । अक्सनबाट प्राप्त रकमको केही हिस्सा लियो मेसी फाउन्डेसनको पनि सहयोग रहेको बार्सिलोनाको बाल अस्पताललाई प्रदान गरिनेछ ।
खेलकुदको मूल्यवान वस्तुको कीर्तिमान अमेरिकाका माइकल जोर्डनको नाममा छ ।

उनले सन् १९९८ को एनबीए फाइनलमा लगाएको जर्सीले गत वर्ष दश दशमलव एक मलियन डलर मूल्य पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..