७ गते निषेधित क्षेत्र नतोड्न ओलीकाे निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न निर्देशन दिएका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले निषेधित क्षेत्र नतोड्न र सरकारले प्रदर्शनका लागि कुनै स्थल तोक्यो भने त्यहीँ मात्र प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।

‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं, कुनै समय त्यस्तो आउन सक्छ कालान्तरमा’, उनले भने, ‘…आन्दोलनका क्रममा के हुन्छ त्यो बेग्लै कुरा हो । आज निषेधाज्ञा तोडिदैन, सरकारले स्थल विशेष हामीलाई तोक्यो भने हामी त्यही स्थल विशेषमा केन्द्रित हुन सक्छौं ।

जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौं, अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति होइन ।’ अध्यक्ष ओलीले सकेसम्म राता टोपी लगाएर र हरेकले झण्डा बोक्नु राम्रो हुने बताए । प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित हुन पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..