शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लाग्यो : इजराइली सेना

तेल अविव (इजराइल) । इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ ।

आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतङ्कवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल–कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलाबारुद्ध फेला परेको पनि उसले जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, “गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतङ्वादी सुरुङ भेटियो ।” अर्को पोस्टमा उसले भनेको छ, “रान्तिसी अस्पतालभित्र आइडिएफ सैनिकहरूले अर्को एउटा आतङ्कावादी सुरु पत्ता लगाएका छन् ।”

आइडिएफका अनुसार सालदाग एसएफ एकाइ, सातौँ ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले शिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेक हुन् । “उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवासीमा ठूलो मात्रामा हतियार र गोलाबारुद थिए ।”

आइडिएफले अल–कुद्स अस्पतालभित्र हतियार र गोलाबारुदको तस्बिर एक्समा पोस्ट गर्दै भनेको छ, “अल–कुद्स अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारुद फेला पर्यो, यी सबै पछिल्लो २४ घन्टामा भेटिएको थियो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..