पाकिस्तान क्रिकेट टिमका कप्तान बाबरद्वारा कप्तानी पदबाट राजिनामा

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी पदबाट राजिनामा दिएका छन् । उनले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर टीम प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

विश्वकपमा टोली समूह चरणबाटै बाहिरिएपछि उनको आलोचना भएको थियो । लगातारको आलोचना र दबाबका कारण बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका हुन् ।

बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी सुरु गरेका थिए ।आजमको राजीनामापछि पाकिस्तानी क्रिकेट बोर्डले टेस्ट र टी–२० फर्म्याटको नयाँ कप्तान घोषणा गरेको छ ।

क्रिकेटर सान मसूदलाई टेस्टको र शाहीन शाह अफ्रिदीलाई अन्तर्राष्ट्रिय टी–२० फर्म्याटको कप्तान घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..