गृह मन्त्रालयले आरती साहको परिवारका सदस्यलाई छलफलको लागि बोलायो

काठमाडौं । धनुषाकी आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका आरतीका परिवारलाई गृह मन्त्रालयले वार्ता तथा छलफलमा बोलाएको छ ।

आजमात्रै आम जनता पार्टीकी केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव रञ्जु साहले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पीडित परिवारलाई न्याय दिलाउनको लागि ध्यानाकार्षण गराएका थिए ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठले आजै आरतीका परिवारका सदस्यसँग वार्ताको लागि पत्राचार गरिने आश्वास दिएका थिए । आजै साँझ आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..