वीरगन्ज ।वीरगन्ज वडा नं ११ रानीघाटमा केही बर्ष देखी बस्दै आएको नवनागरिक प्रधुम्न गुप्ता बैंक र स्थानीयवासीको १५ करोडको चुना लगाएर फरार भएका छन्।
कलवार धर्मशालामा बलभद्र भगवानको पूजामा आयोजित कार्यक्रममा रैथाने कलवारलाई मात गर्दै हावी जाबीमा सकृय गुप्ताले प्रकाश ट्रेडिंगको नाउँमा लक्ष्मी बैंक र कुमारी बैंकलाई ४ करोड सेन्चुरी बैंकलाई २ करोड र सर्वसाधारण सँग ९ करोड गरी कुल १५ करोड बराबरको चुना लगाएर फरार भएका हुन।फरार गुप्ता पटनामा विधायक पवन जैसवालको संरक्षणमा बसी रहेको सूत्रले दावी गरेको छ।


