भूकम्प पीडितलाई सरकारले सक्दो सहयोग गर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पपीडितलाई सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । पीडित परिवारलाई राहत सामग्रीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

जाजरकोट सदरमुकाममा सरोकारवाला निकायसँग भूकम्प प्रभावित क्षेत्रमा सरकारले गरेका कामका बारेमा जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज मन्त्रिपरिषद्को बैठक, विपद् व्यवस्थापन परिषद्को बैठक बसेर सबै ठाउँका अस्पताललाई भूकम्पपीडितको अविलम्ब उपचारको व्यवस्था गर्न निर्देशन दिएका बताए ।

उनले पूर्णरुपमा भत्किएका र आंशिक रुपमा भत्किएका घरको मूल्याङ्कन, क्षतिका आधारमा राहतको व्यवस्था, तत्काल उपलब्ध गराउनुपर्ने त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

गृहमन्त्री श्रेष्ठले रेडक्रसलगायत मानवीय सहायता निकायलाई सहयोग परिचालन गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..