भूकम्पपछि राहत तथा उद्धारमा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च निगमले ब्यहोर्ने

काठमाडौं । नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा खटिएका हवाई जहाज र हेलिकप्टरमा प्रयोग हुने इन्धनको खर्च ब्यहोर्ने भएको छ ।

जाजरकोट केन्द्र विन्दु भएर हिजो राति गएको भूकम्पपछि उद्धारमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम निगमले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट ब्यहोर्न लागेको हो ।

भूकम्पबाट अहिलेसम्म एक सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने एक सय ६६ जना घाईते भएका छन् । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..