सिरहा । सिरहा प्रहरीले तीन लाख बराबरको पटाका बरामद गरेको छ । मंगलबार करिब सावा ३ बजेको समयमा धनगढीमाई नगरपालिका वडा नं. ११ छपराडी लोकमार्ग स्थित बाटो छेउमा ५ वटा बोरा बेवारिसे अवस्थामा रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको सन्युक्त प्रहरी टोलीले पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले बरामद गरेको कोब्रा नामको पटाका ५ वटा प्लाष्टिकको बोरामा रहेकोमा सो पटाका अन्दाजी तीन लाख बराबरको रहेको प्रवक्ता रबिन्द्र राज पाण्डेले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


