अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ


कोहलपुर (बाँके) । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको बताए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवं खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो ।प्रवक्ता डाँगीले निज कोइरालालाई हाल हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जानकारी दिंदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..