गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । विआरआई सम्मेलनमा भाग लिन चीन पुगेका गृहमन्त्री श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनलाई हृद्धयघात भएको थियो ।

गृहमन्त्री श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजको आईसीयू कक्षमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि उनलाई अहिले जनरल वार्डमा सारिएको छ ।

गृहमन्त्री श्रेष्ठको आज (शुक्रबार) नेपाल फर्किने कार्यतालिका रहेको थियो । स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना हुन परेपछि अब डाक्टरको सल्लाह बमोजिम उनी स्वदेश फर्किने मिति तय हुने र उनको साथमा गएका टोलीहरु भने आजै नेपाल फर्किने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..