सेनाले बेलायतमा जित्यो दुई स्वर्ण, तीन रजतसहित सात पदक

काठमाडौं । नेपाली सेनाले बेलायतको वेल्समा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा रजत पदक जितेको छ । सेनाको टोलीले मंगलबार उक्त रजत पदक जितेको हो । योसँगै हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक जितेको नेपाली सेनाले जनाएको छ ।

आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी एक सय ११ वटा टोली सहभागी छन् । अभ्यासमा नेपालसहित बेलायत, क्यानडा, मेसोडोनिया, कतार, लिपिन्सललगायतको टोली सहभागी छन्।

टोलीलाई हाल बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले पदक तथा प्रमाणपत्र प्रदान गरे।अभ्यास खेलमा विशेषगरी पैदल फौजको पेसागत ज्ञान, सीप, रणकौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिन्छ ।

अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयभित्र ३२ किलोग्रामको ठुलो झोलासहित करिब ६०–६५ किलोमिटर दूरी विभिन्न किसिमको सैनिक कारबाही गर्दै पूरा गर्नुपर्छ।

अभ्यासमा ७५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने टोलीले स्वर्ण ७५ भन्दामुनि र ६५ प्रतिशतभन्दामाथि ल्याउनेलाई रजत तथा ५५ भन्दा माथि तथा ६५ प्रतिशतभन्दा मुनि ल्याउने टोलीलाई कांस्य पदक प्रदान गरिन्छ। सन १९७० देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यस अभ्यासमा नेपाली सेनाको टोलीले सन् २०१४ देखि भाग लिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..