निगमको विमान इजरायल जाँदै

काठमाडौं । सरकारले हिंसाग्रस्त इजरायलमा रहेका नेपाली नागरिकको उद्धार र मृतक विद्यार्थीको शव स्वदेश ल्याउन नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ पठाउन लागेको छ ।

गत शनिबार इजरायलमाथि भएको प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमण र त्यसपछि उत्पन्न युद्धका कारण अप्ठेरोमा परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज आजराति त्यसतर्फ जान लागेको हो । राति ११ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायलका लागि उड्ने बताइएको छ ।

यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमान पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग सोधपुछ गर्नुभएको थियो । पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक नेपाल उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर उहाँले तत्काल जहाज पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

हमास आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । अरु केही नेपाली घाइते छन् । तीन सयभन्दा बढीले तत्काल स्वदेश फर्कन चाहेको तेलअभिभस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..