सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने


काठमाडौँ । सशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा सञ्चालन गर्ने भएको छ ।

चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौँ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

दसैँको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ देखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ । त्यस्तै तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ देखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।


चाडपर्वको समयमा सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाइहरुमा समेत बस संचालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ ।यसभन्दा पहिला सशस्त्र प्रहरीले दसैँको अवसरमा सर्वसाधारण यात्रुहरुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यका भित्र निःशुल्क बस सेवा समेत प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..