घरायसी विवादका कारण उपेनले गरे पत्नीको हत्या


मोरङ । मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरी पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपेनले यही असोज १३ गते राति धारिलो हतियार प्रहार गरेर र कुटपिट गरेर पत्नी ३० वर्षीया जितनी सहनीको हत्या गरेका थिए ।


टाउकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरमा कुटपिट गरेको चोट रहेको अवस्थामा जितनीको शव घरभित्रै फेला परेको थियो । घटनापछि फरार रहेका उपेनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा उपेनले पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपेनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..