एक्सनमा एसपी बज्राचार्य : नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लागूऔषधसहित पक्राउ

राजविराज । सप्तरीको बोदेवरसाइन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजनारायण ठाकुरलाई लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोदेवरसाइन बजारस्थित शत्रुधन चौकमा पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको लु ५५ प ५४३९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा नम्बर प्लेटको भित्रपट्टी प्लास्टिकमा बेरेर राखेको नाइट्राभेट २७ ट्याबलेट र स्पास्मो १५ ट्याब्लेटसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ महुवा घर भएका ठाकुरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) गजु सिद्धि बज्राचार्यले जानकारी दिए ।

पक्राउ गरिएका ठाकुरलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..