काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करीलाई पत्ता लगाउन नसक्दा आफै संलग्न रहेको होकि भन्ने आशंका उत्पन्न भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले देखाइरहेको छ’ उहाँले भन्नुभयो ।


अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रश्न के हो भने अगाडि बढने हो भने देशलाई शिरमा राख्न सक्नुपर्छ । सबभन्दा माथि देशलाई राख्न सक्नुपर्छ । आफ्नो स्वार्थलाई शिरमा राख्यो भने आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन ।’
देशलाई सफल बनाउन नातागोता, परिवारवाद भन्न नहुने उहाँले बताउनुभयो । ‘देशलाई सफल बनाउने हो भने तस्करी रोक्न सक्नुपर्छ । सुन तस्करीहरुलाई सरकारले फेला पार्न नसक्दा सरकारमा रहेकाहरुको संलग्नता रहेको आशंका जनताले गरिरहेका छन्’ उहाँले भन्नुभयो । देश र जनतालाई केन्द्रमा राखेर काम गरे मात्र सरकार सफल हुने उहाँले चर्चा गर्नुभयो ।