आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक, छिट्टै निष्कर्षमा पुग्ने विश्वास

काठमाडौं । संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ ।

बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । ‘वार्ता प्रक्रिया अघि बढेकाले छिट्टै निष्कर्षमा पुग्छ’, उनले भने ।

गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र शिक्षा सचिव सुरेश अधिकारी सहभागी भएका थिए भने आन्दोलनरत पक्षबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।

वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले सकारात्मक माग सम्बोधन हुने विश्वास दिलाउँदै शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..