आज राष्ट्रसङ्घको ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने, भोलि चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री प्रचण्डले यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्नेछन् । 

यसअघि प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न मित्रराष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दालाई केन्द्रमा राखेर छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट ५ असोजमा चीन प्रस्थान गर्ने र  १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..