सुखिपुर नपामा मेयर रामअवतारकाे ब्रमहलूट : मिलाेमताेमा टेण्डर मार्फत लाखौं कुम्ल्याएर दुई तल्ले घर !

लहान । सिरहाकाे सुखिपुर नगरपालिकाका मेयर रामअवतार यादवले मिलाेमताेमा टेण्डर मार्फत डेढ कराेड अनियमितता गरेर माेहनपुरमा सुविधा सम्पन्न दुई तल्ले पक्कि घर बनाएकाे पर्दाफास भएकाे छ ।

आर्थिक बर्ष २०७६/२०७७ मा मिलाेमताे मार्फत तीनओटा टेण्डरकाे फर्जि कागजपत्र पेश गरेर मेयर यादवले डेढ कराेड रूपैयाँ झ्वाम पारेका थिए ।

महालेखापरीक्षककाे कार्यालयले सार्वजानिक खरीद ऐन , २०६३ काे दफा २६ ( ६ ) मा निर्माण कार्यकाे बाेलपत्रमा मिलाेमताेकाे आशकां देखिएका बाेलपत्र रद्द गर्न सकिने ब्यवस्था भएपनि नगरपालिकाले कृषि विधुतीकरण , सडक कालेपत्रे र पुन: विधुतीकरण शिर्षकमा एउटामात्र बाेलपत्र रीतपूर्वक आएकाे पाईएकाे भन्दै मिलाेमताे रहेकाे भेटिएकाे छ ।

मलेपकाका अनुसार ठेक्का नम्बर २६ मा कृषि विधुतीकरणमा ४८ लाख ३१ हजार ६ सय ९९ रूपैयाँ , ठेक्का नम्बर १८ मा सडक कालाेपत्रेमा ५३ लाख ४७ हजार ७ सय ३ सय १० रूपैयाँ र ठेक्का नम्बर ५० मा विधुतिकरणमा ४९ लाख ९६ हजार ४ सय ३१ रूपैयाँ गरि १ कराे ५१ लाख ७५ हजार ४ सय ४० रूपैयाँ निकासा गरिएकाे भेटिएकाे छ । उक्त रकम मलेपले बेरूजु देखाएकाे छ ।

स्राेतका अनुसार राजनीतिमा लागेर ऋण बाेकेका मेयर रामअवतारले मिलाेमताेमा फर्जि कागजाग पेश गरेर उक्त रकम निकासा गरेर माेहनपुरमा दुई तल्ले घर बनाएका छन् ।

यतिमात्रै हाेईन , उनी आफैले सञ्चालन गरेकाे माछा फर्मका नाममा बर्सेनि लखौ रुपैयाँ पूर्ण अनुदान नगरपालिकाबाट निकासा गर्दै आएका छन् भने उनका डाक्टर छाेरालाई नगरपालिकामा नियुक्ति दिएकाछन् ।

मेयर रामअवतार नेकपा एमालेकाे मधेश प्रदेश अध्यक्ष पनि हुन् । कुनै बेलाका शिक्षक उनी किसान आन्दाेलन मार्फत राजनीतिमा लागेका थिए । यश बिषयमा प्रतिकृया लिन पटकपटक प्रयास गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।सुरक्षा खबर राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..