नवौं संविधान दिवस : पहिलोपटक कार्यवाहक प्रधानमन्त्रीबाट सम्बोधन हुने

काठमाडौं । सरकारले भोलि नवौं संविधान दिवस मनाउने तयारी गरिरहेको छ । यसअघिनै संविधान दिवस मूल आयोजक समितिको बैठक बसेर तीन दिनसम्म भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको थियो ।

तर, यसपटकको संविधान दिवसलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिक गएपछि उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीसँगै कार्यवाहक प्रधानमन्त्रीको पनि जिम्मेवारी पाएका खड्काले सम्बोधन गर्ने भएका हुन् ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछिको सबै संविधान दिवसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने गरेका थिए । नयाँ संविधान जारीपछिको इतिहासमै पहिलोपटक कार्यवाहक प्रधानमन्त्रीबाट सम्बोधन हुन लागेको हो ।

अमेरिकाबाट सीधै चीन भ्रमणमा जाने हुँदा प्रधानमन्त्री प्रचण्ड असोज १३ गतेमात्रै नेपाल फर्किँदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..