शिक्षा विधेयकका बारेमा छलफल गर्न तयार छौं : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद्‌मा दर्ता गरिएको शिक्षा विधेयकका बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“अहिलेको, मुलुकको वर्तमान अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ, ऋणात्मक छ । अहिलेको अर्थतन्त्रले धान्न नसक्ने माग र मुलुकको संविधानले व्यवस्था गरेको भन्दा परको मागबाहेक सबै कुरा हामी छलफलबाट समाधान गर्न तयार छौँ,” उनले भने, “मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरू, मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकूल नहुने गरी यी दुई कुराबाहेक सबै कुरामा सरकार संसद्‌मा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न र सबै कुरा मिलाउन सरकार तयार छ ।”

सरकारले शिक्षा क्षेत्रमा रूपान्तरणको आवश्यकता महसुस गरेको उनले बताए । भौतिक पूर्वाधार, पाठ्यक्रम परिमार्जन, अध्ययनरअध्यापनको पद्धतिमा सुधारलगायत प्रयास भइरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..