पहिलो पटक घर खरिद गर्दा २ करोडसम्म ऋण उपलब्ध गराउँदै राष्ट्र बैङ्क 

काठमाडौं । नेपाल राष्ट्रबैंकले पहिलो पटक घर खरिद गर्दा २ करोडसम्म ऋण उपलब्ध गराउने भएको छ । मंगलबार एक सूचना जारी गर्दै बैंकले पहिलो पटक घर किन्दा र घर निर्माण गर्दा २ करोडसम्म कर्जा उपलब्ध गराउने जनाएको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै यस्तो सूचना निकालेको जनाएकाे छ । राष्ट्र बैङ्कको उक्त सूचना अनुसार आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि वा अपार्टमेन्ट खरिद लागि बैङ्क तथा वित्तीय संस्थाबाट २ करोडसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको छ ।

तीन हजार वर्ग फिटसम्मको घर निर्माण खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले धितो मूल्याङ्कनको आधारमा ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्ने छ । यस्तो ऋणको ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..