पहिलो पटक घर खरिद गर्दा २ करोडसम्म ऋण उपलब्ध गराउँदै राष्ट्र बैङ्क 

काठमाडौं । नेपाल राष्ट्रबैंकले पहिलो पटक घर खरिद गर्दा २ करोडसम्म ऋण उपलब्ध गराउने भएको छ । मंगलबार एक सूचना जारी गर्दै बैंकले पहिलो पटक घर किन्दा र घर निर्माण गर्दा २ करोडसम्म कर्जा उपलब्ध गराउने जनाएको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै यस्तो सूचना निकालेको जनाएकाे छ । राष्ट्र बैङ्कको उक्त सूचना अनुसार आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि वा अपार्टमेन्ट खरिद लागि बैङ्क तथा वित्तीय संस्थाबाट २ करोडसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको छ ।

तीन हजार वर्ग फिटसम्मको घर निर्माण खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले धितो मूल्याङ्कनको आधारमा ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्ने छ । यस्तो ऋणको ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..