सुनकाण्डमा मुछिएका झलकराम अधिकारीलाई ‘सुनपानी’ : गृहमन्त्री श्रेष्ठ सिआइबीमै पुगेर दबाव दिएको खुलाशा !

काठमाडौं । गत भदौ १३ गते ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्र उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा बुटवलबाट पक्राउ परे । बाबु छोराको नै संलग्न देखिएको उक्त प्रकरणमा अहेलेसम्म छोरालाई मात्रै नियन्त्रणमा लिएर सिआइबीले छानबीन गरिरहेको छ ।

सोहीदिन प्रहरी अनुसन्धान केन्द्रीय कार्यालयमा अचानक गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकट भए । गोप्य रुपमा सिआइबीमा पुगेका उनले एक व्यक्तिमाथिको अनुसन्धानमा केन्द्रीत रहेर छलफल गरेको स्रोतले जनाकारी दिएको छ । ती व्यक्ति हुन्– झलकराम अधिकारी ।

किन भने ६१ किलो सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग शकाष्पद सम्बन्ध देखिएका झलकराम अधिकारी अध्यागमन विभागबाट मन्त्रालय तानिएका थिए । उनी भदौ ७ मा मन्त्रालय तानिएका थिए । सो विषयमा चासो लिएर गृहमन्त्री सिआइबी पुगेका थिए । गृहमन्त्री श्रेष्ठका अति लोकप्रीय पात्र रहेका अधिकारीलाई प्रतिवादी नबनाउन उनले ठूलो दबाव दिएको स्रोत बताउँछ । सोही दबावका कारण सिआइबीले झलकरामलाई सामान्य बयान मात्रै लिएर छाडिदिएको छ ।

जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा उनलाई प्रतिवादी बनाइएको छैन । श्रेष्ठकै निगाहमा विभिन्न मालदार निकायको नेतृत्वमा पुगेका झलकराम सुनकाण्डमा तानिए गृहमन्त्री श्रेष्ठ समेत तानिन सक्ने खतरा थियो । तर, आफू समेत तानिने डरले यो मुद्दा कमजोर बनाएकोमा आलोचना हुन थालेको छ ।

गृहमन्त्री सिआइबीमा पुग्नै आफैमा शंकाष्पद रहेको जानकारहरु बताउँछन् । ‘उहाँले त सिआइबीको एआइजीलाई चाहँदा नै आफ्नो कार्यालयमा बोलाउन सक्नु हुन्छ नी किन कार्यालयमै धाएर दबाव दिनु पर्यो,’ स्रोतले भन्यो ।

यता सिआइबीका प्रवक्ता नवराज अधिकारी भने आफूलाई थाहा नभएको बताउँछन् । ‘सुनको विषयमा होला । त्यतिबेला म त्यहाँ थिइन । म आइ नपुगेको हुनाले सबै कुरा केन्द्रीय प्रवक्तालाई बुझ्नुस् । यो विषयमा उहाँलाई नै सोध्नु,’ उनले भने ।

यता नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतलाई यस विषयमा प्रश्न गर्दा थाहा छैन मलाई भन्दै फोन राखिदिए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यस विषयमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

झलकरामसँग निकै शंकाष्पद सम्बन्ध देखिएका दावा छिरिङको यतिबेला बयान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..