गैह्रीगाउँ हत्या प्रकरण : चारै जनाको शव शिक्षण अस्पतालमा, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स:मिलमा हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो ।

स:मिलमा एकै परिवारका तीन जनासहित ४ जनाको शुक्रवार राति हत्या भएको थियो । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेका प्रहरीले जनाएको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..