पेट्रोलमा १ र डिजेल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले शुक्रबार मध्यरातिबाट लागू हुने गरी इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल समान एक सय ७३ रुपैयाँ पुगेको छ । 

काठमाडौंको तुलनामा सुर्खेत र दाङमा प्रतिलिटर एक रुपैयाँ मूल्य सस्तो हुने गरेको छ भने तराईमा दुई रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो पर्ने गरेको छ ।

आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य बढेर आएकाले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी कायम हुने बिक्री मूल्यका आधारमा मूल्यवृद्धि गरिएको जनाएको छ । 

निगमले गत ३१ असारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेयता प्रत्येक १५ दिनमा आइओसीबाट नयाँ मूल्य पाउनासाथ नेपाली बजारमा समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..