राष्ट्रिय सभाबाट संविधान सभाका अध्यक्ष नेम्वाङको शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित गरेको हो । उहाँको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताउनुभयो । 

स्व. नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । 

२०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति हुनुभएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधान सभा मार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भुमिका रहेको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रबार अपरान्ह बजेर १ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..