सचिव दिनेश भट्टराई गृहमन्त्री श्रेष्ठका सुशासन सारथी

काठमाडौँ ।  गृह मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिनेश भट्टराईले सम्हालिरहेका छन् । गृह मन्त्रालयको विभिन्न महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, मकवानपुर, उदयपुर, दाङ, बारालगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका गृहसचिव भट्टराई गृहका अनुभवि ‘क्याडर’ हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुशासनको अभियानलाई सफल पार्न निरन्तर खटिरहेका गृहसचिव भट्टराई हक्की र खरो स्वभावका प्रशासकका रुपमा परिचित छन् । उनले गृहमन्त्री श्रेष्ठको हरेक अभियानलाई सार्थकता बनाउन विशेष भूमिका खेलिरहेका छन् । सुशासन, पारदर्शी र शान्ति सुरक्षालाई मुल मर्मका रुपमा लिएका गृहसचिव भट्टराई र मन्त्री श्रेष्ठबीचको ‘ट्युनिङ’ राम्रोसँग मिलेको गृहमन्त्रालयभित्र चर्चा छ । नाकामा हुने तस्करी र भड्कन सक्ने शान्ति सुरक्षालाई काबुमा राख्न उनको ट्रिकले राम्रै काम गरेको देखिन्छ ।

गृहमन्त्री श्रेष्ठ र सचिव भट्टराईको सादगी स्वभाव समेत मिल्छ । राष्ट्रिय परिचयपत्रलाई यो अवस्थासम्म ल्याउन उनको विशेष योगदान रहेको छ ।

गृह बुझेका र जानेका सचिव भएकाले गृहमन्त्री श्रेष्ठलाई काम गर्न पनि सहज भएको टिप्पणी हुन थालेको छ । सचिव भट्टराईको आगमनसँग गृह प्रशासनको सक्रियता एकदमै बढेको छ । प्रशासनिक कामका हिसाबले गृह मन्त्रालय लय समात्न थालेको कर्मचारीहरु नै सुनाउँछन् ।

अहिले गृह मन्त्रालयका महाशाखाहरु समेत चलायमान हुन थालेका छन् । खटेर काम गर्ने र अनुभवि सचिव भेटेकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि एक्सनमा जान सजिलो भएको देखिन्छ ।

भट्टराई कोशी प्रदेशको प्रमुख सचिव, वाणिज्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव हुँदै गृहसचिव बनेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत विश्वास गरेका र मनले खाएका सचिव भट्टराई आफूले पाएको कामलाई सफलतापूर्वक सम्पन्न गर्नेमा गनिन्छन् । अहिले गृहसचिव भट्टराई गृहमन्त्री श्रेष्ठका सुशासन सारथिका रुपमा परिचित हुन् थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..