सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आईपुगे

काठमाडौं । सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपु्गेका छन् । उनी बाबुको निधनको खबरसँगै आज अष्ट्रेलियाबाट काठमाडौं आईपुगेका हुन् ।

नेम्वाङका जेठा छोरा मिङ्सो पनि बेलायतबाट फर्किरहेको बताइएको छ । मिङ्सो पनि आइपुगेपछि सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।

उनको हृदयघातका कारण हिजो निधन भएको थियो । नेम्वाङ संविधान सभा सदस्य एवं पूर्व सभामुख हुन् ।

उनको अन्तिम संस्कारमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेको छ । उनको अन्तिम संस्कारको दिन भोलि सरकारले देशैभर सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..