६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको राय

काठमाडौं । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । प्रसिवादी बनाइएका ५० जनामा सुन तस्करीका मुख्य नाइके भनिएका तिब्बतियन मूलका वेल्जियम नागरिक दावा छिरिङकी पत्नी अमला रोकासमेत रहेको सीआइबी स्रोतले जानकारी दिएको छ । ।

काठमाडौंमा रहेको होटल भियानाकी सञ्चालकसमेत रहेकी अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।

५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीको भनाइ छ । सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..