नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वर्गीय सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बुधबार) नेकपा (एमाले) को पार्टी मुख्यालयमा पुगेर थम्पसनले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष नेम्वाङको हिजो (मंगलबार) विहान हृदयघातका कारण निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीर आज दिउँसोसम्म एमाले मुख्यालय च्यासलमा राखिने छ । उनको अन्तिम संस्कार भोलि (बिहीबार) राजकीय सम्मानसहित गरिने भएको छ ।

एमाले पार्टी मुख्यालय च्यासल पुगेर यसअघि शीर्ष नेता, नेपालस्थित् विभिन्न देशका नियोग प्रमुखहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..