अध्यक्ष नेम्वाङको निधनपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित

लहान । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गए राति असामयिक निधन भएपछि आज धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ । 

प्रधानमन्त्री तथा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा समाजवादी मोर्चाको  कार्यक्रम हुने गरी तय भएकाे थियो । 

मैले ५० वर्ष उहाँ (सुवास नेम्वाङ ) र मैले ५० वर्ष सँगै काम गर्‍यौ, उहाँको दुःखद निधन भएको बेला कसरी कार्यक्रम गर्ने, स्थगित गरौँ भनेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेपछि कार्यक्रम स्थगित भएको सो पार्टीका कैलाली जिल्लाका सचिव दीर्घ जोशीले बताउनुभयो । 

यसअघि पनि भदौ १३ गते धनगढीमा तय गरिएको मोर्चाको कार्यक्रम अन्तिम चरणमा आएर स्थगित भएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..