भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ ।

श्यामकृष्ण च्वामू श्रेष्ठसहति सात जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित दायर भएको मुद्दाको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको हो । अख्तियारले उनीहरुविरुद्ध १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले हिजो (भदौ २४ गते) सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो । प्रतिवादी च्वामूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यतर रहँदा १४ करोड ६१ लाख २४ हजार चार सय ७८ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको आरोप छ ।

उनीविरुद्धको मुद्दामा विशेष अदालतले आंशिक ठहर तथा सफाईको फैसला गरेको थियो ।

https://drive.google.com/file/d/1wrFtf2PBnsLLoggGPFTD2YV6elDwA5M7/view

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..