सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् ।

प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरु कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् ।सुन तस्करी पक्ररणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..