सोलारबत्ती जडानमा गाउँपालिकाका अध्यक्ष र लेखापालले लिए घुस, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकबहादुर नारायण यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सोलार बत्ती जडान लगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगले गरेको प्रारम्भिक छानबिनपछि मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सोलार बत्ती जडान कार्य लगायतका आयोजनाहरुको कार्य सम्पन्न पश्चात गाउँपालिकाबाट रकम भुक्तानी गर्दा गाउँपालिका अध्यक्ष यादव, लेखापाल टेकनारायण र एमआइएस अपरेटर विरेन्द्रकुमार यादवसमेतको मिलेमतोमा सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार लेखापाल टेकनारायण र एमआईएस अपरेटर विरेन्द्रलाई सेवाग्राहीसँग नगद दुई लाख रुपैयाँ घुस लिइसकेको र तीन लाख रुपैयाँको चेकसहित गत साउन ३१ गते नियन्त्रणमा लिइएको थियो ।

आयोगले तीनै जनाविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवानासहित सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..