तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश


काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले राससलाई जानकारी दिए।


उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाइ अदालतमा छ जनालाई नै पेस गरेको थियो ।


गत पुस १० गते ‘फ्लाई दुबई’बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी भेपभित्र सुन तस्करी गरी ल्याएका र व्यापारिक प्रयोजनका लागि अवैध ढङ्गले ल्याएको भनी उक्त ‘भेप’ जफत गरिएको थियो । सोही सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेको भन्दै प्रहरीले छ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..