सुन पसल अगाडि राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि, घटनामा संलग्न खजाञ्ची पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको खोटाङ हलेसी ज्वेलर्समा राखिएको संकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । आज (बिहान) एक समूहले सुन पसल सञ्चालकसँग चन्दा माग्दै बम राखेको थियो । उनीहरुले सुन पसल सञ्चालकसँग पाँच लाख रुपैयाँ चन्दा मागेका थिए ।

संकास्पद वस्तुको बाहिर बम रहेको भनेर लेखिएको पर्चासमेत फेला परेको थियो । लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोजका क्रममा उक्त बस्तु बम नभएको खुलेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई घटनामा संलग्न रहेको आरोपमा नजिकैको होटलमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । पासवानलाई अहिले गौशला प्रहरी चौकीमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..