एआईजी ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उमेर ढाँटेर प्रहरी अतिरिक्त महानिरीक्षकमा सेवा प्रवेश गरेको भन्दै ज्ञवालीलाई बर्खास्तगीको मागसहित बिहीबार कैलालीका शेरबहादुर चन्दले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

ज्ञवालीविरुद्ध अर्जुन ढुंगानाले यसअघि सोही विषयमा दिएको उजुरी अख्तियारले तामेलीमा राखेको छ । ज्ञवाली काठमाण्डौ प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

उजुरीमा ज्ञवालीको उमेर २०५० साल वैशाख १ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्दा २५ वर्ष ९ दिन भएको उल्लेख छ । अख्तियारले ०७९ साल चैत ६ गते ज्ञवालीको उमेर विावदबारे छानबिन गरी प्रतिवेदन बुझाउन गृहसचिवका नाममा पत्र काटेको थियो ।

निवेदकले उजुरीमा सो विषयसमेत उल्लेख गरेका छन् । पत्रकार मदनबाबु भण्डारी ज्ञवालीले उमेर ढाँटे जागिर खाएको भन्दै केही समयअघि सर्वोच्च अदालत गएका थिए ।

अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेपछि उनी इजलास गए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट निवेदन दरपिठ हुनुको कारण खुलाई कैफियत प्रतिवेदन बुझाउन अदालत प्रशासनलाई आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..