नक्कली शरणार्थी प्रकरण : हाइप्रोफाइल सबै थुनामा, दुईजनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैंले दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १६ जनालाइ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे।

टंककुमार गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा छाड्न भनिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत बाँकी १६ जनालाई जगन्नाथदेवल पठाउन आदेशमा भनिएको छ।

ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा ३० जनालाई प्रतिवादी कायम गर्दै सरकारी वकिलले १० जेठमा मुद्दा चलाएको थियो। जसमाथि २१ जेठदेखि थुनछेक बहस सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..