अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरी


जनकपुरधाम । स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शान्ति सुरक्षा सम्बन्धी उजुरी परेको छ ।सुनियोजित रुपमा आक्रमण गर्न लगाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले शुक्रबार सांसद सिंहविरुद्व उजुरी दिएका हुन् ।

उनले सांसद सिंहबाट असुरक्षित रहेकोले आफू र आफ्नो परिवारको सुरक्षा ब्यवस्था मिलाइदिन माग गरेका छन् ।बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् ।

उजुरी दर्तापछि ठाकुरले सामाजिक संजालमा लेखेका छन्, ‘जबसम्म उसको गुण्डागर्दी र भ्रष्टाचारलाई सतहमा ल्याईदैन तबसम्म म चुप हुने छैन् । मलाई मार्ने धम्की वा डर देखाएर चुप गराउने सपना नदेखे हुन्छ अमरेशले ।’


सांसद सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरी कारबाही गर्न उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ठाकुरले केहि दिन अगाडि उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..