मकाउमा नेपालको कला र पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न


काठमाडाैं । मकाउमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार, सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाध्य बस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्यापारको प्रदर्शन गरिएको थियो मकाउमा स्थापित विभिन्न संघ संस्थाहरूले आफ्नो समाज र सांस्कृतिक पहिचान झल्किने गरी नृत्य प्रदर्शन गरेका थिए । लाखेनाच साँकेला झाँकीसहित नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

सोफ्टेल होटलमा आयोजित एक दिने पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन नेपाली महावाणिज्य दूतावास हङकङ मकाउका वाणिज्य दूत उदय राना मगरले गरेका थिए ।पर्यटन प्रवर्द्धन मुख्य आयोजक सार विशेष प्रशासनिक क्षेत्र-गैर आवासीय नेपाली मकाउ, लालीगुराँस एसोशिएसन हङकङ, ब्रोदरहुड एशोसिएसन मकाउ, मकाउ बडिबिल्डिङ र फिटनेश एशोसिएसन मकाउको सहआयोजनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम भएको हो ।

गैर आवासीय नेपाली मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, संस्थाका संरक्षक श्रीजन (किङ्गस्टन बाबा) बोम लिम्बु, चेतन गुरूङ र वरिष्ठ सल्लाहकार तथा निर्वाचन कमिटीका अध्यक्ष बिकेन जोशीको उपस्थिति रहेको थियो। हङकङ र मकाउमा बसोबास गरिरहेका नेपाली व्यवसायीलाई समेट्ने गरी कार्यक्रम भएको संस्थाका संरक्षक श्रीजनले बताए।


उनका अनुसार हस्तकला परम्परागत तथा मौलिक नेपाली व्यापारको प्रचार तथा प्रदर्शन गरिएको थियो। प्रमुख उद्योगका रूपमा पर्यटकीय क्षेत्रलाई लिनुपर्ने संस्थाका संरक्षक श्रीजनले बताए। ‘हाम्रो तर्फबाट पनि नेपाल झल्किने गरी बुद्धको भूमि, हिमाल, पवर्तारोहण, सांस्कृतिक विविधता, धार्मिक र भौगोलिक वातावरणको जानकारी दियौं,’ उनले भने,’ नेपालका प्रमुख पर्यटकीय क्षेत्र यस कार्यक्रममार्फत् विश्व जगतमा चिनाउन यसले सहयोग गर्ने आशा राखेका छौं।’नेपाल र मकाउबीच आर्थिक सांस्कृतिक प्रदान गर्न सकिने गरी झलक प्रस्तुत गरिएको श्रीजनले सुनाए। सांस्कृतिक र वाणिज्य तथा व्यापार प्रवर्द्धन गर्न पहल गरिने उनको भनाइ छ ।


मकाउमा कार्यरत नेपालीको व्यक्तिगत तथा संस्थागत तर्फबाट आर्थिक सहयोगमा व्यापारिक मेला भएको थियो ।मकाउमा रहेका नेपालीहरूबीच एक आपसमा भातृत्व तथा दुई देशबीच परस्पर मितव्ययिता कायम राख्न यस मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

पर्यटक आवागमनमा प्रोत्साहन गर्ने उनको भनाइ छ। नेपाल र नेपालीको हितमा सकारात्मक कार्य गर्ने थप ऊर्जा प्रदान गरेको उनले बताए ।मेलामा पोर्चुगल, चीन तथा हङकङका नागरिकहरूको सहभागिता थियो ।

मकाउँका विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो। हेड्स नेपाल मकाउँ शाखा, गुरुङ तमु समाज, मगर समाज, किरांत राई यायोक्खा समाज, सुदूरपस्चिमेली समाज, सेर्पा समाज, तामाङ घेदुङ समाज, नेवार समाज मकाउँ र नेपाली समाज मकाउको सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..