ललितपुर महानगरपालिकामा ३० ठाउँमा निःशुल्क पार्किङ


ललितपुर । ललितपुर महानगरपालिकाले जिल्लाका विभिन्न ३० ठाउँमा निःशुल्क पार्किङ सुरु गरेको छ । महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडक खण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ ।

ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुनधारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, महानगरपालिकाअगाडि, भनिमण्डल, एकान्तकुना खरिबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि नि:शुल्क पार्किङको व्यवस्था छ ।


यसैगरी, महालक्ष्मीस्थान अगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कपूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा नि:शुल्क राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..