ललितपुर महानगरपालिकामा ३० ठाउँमा निःशुल्क पार्किङ


ललितपुर । ललितपुर महानगरपालिकाले जिल्लाका विभिन्न ३० ठाउँमा निःशुल्क पार्किङ सुरु गरेको छ । महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडक खण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ ।

ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुनधारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, महानगरपालिकाअगाडि, भनिमण्डल, एकान्तकुना खरिबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि नि:शुल्क पार्किङको व्यवस्था छ ।


यसैगरी, महालक्ष्मीस्थान अगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कपूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा नि:शुल्क राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..