नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस नगरेको स्पष्ट पारका छन् ।

आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दुवै सदनबाट दुई–दुई पटक पारित भएको विशेष प्रकृतिको विधेयका सन्दर्भमा संविधान विज्ञ, कानुनविद्, बार एशोसिएसन, पूर्वमहान्याधीवक्ताहरुको टिमसँग छलफल भएको र सोही अनुसार राष्ट्रपतिलाई सुझावमात्रै दिएको बताएका छन् ।आफूले नागरिकता विधेयक प्रमाणीकरणका लागि धेरै अगाडि सुझाव दिएको भएपनि भारत भ्रमणकै दिन प्रमाणीकरण हुनुमा संयोगमात्रै भएको बताए ।

‘राष्ट्रपतिलाई के सुझाव दिँदा ठीक हुन्छ भन्ने सल्लाह लिएर र पूर्वमहान्याधीवक्तादेखि बार एशोसिएसनसम्म राष्ट्रपतिले प्रमाणीकरण गर्दिनु नै सबैभन्दा संवैधानिक हुन्छ भन्ने सुझाव थियो । त्यो सुझावको आधारमा २४ गते नै प्रमाणीकरण गर्दिनुस् भन्ने सुझाव लिएर म गएको थिएँ । राष्ट्रपतिले अलिकति कानुनी सल्लाह त मैले पनि लिनुपर्यो नि भन्नुभयो ।’ उनले भने, ‘सल्लाह लिँदैजाँदा संयोग के भयो भने म भारत जाने दिन नै उहाँको सल्लाह टुंगियो । त्यसमा मेरो त केही दोष छैन ।

त्यसकारण मलाई ताकेर त्यहिदिन दुई घण्टा अगाडि किन गर्नुपर्यो भन्नुको कुनै तुक छैन । सोच्दै जाँदा राष्ट्रपतिलाई पनि कसैले के सुझाव दिए होला । कसैले के सु्झाव दिए होलान् । उहाँले टेक्ने ठाउँ भए हुन्थ्यो भन्ने देखिएपछि हामीले आखिर त्यो विधेयक अगाडि बढाएको चाहिँ नेपाल सरकारले नै हो । जसले जहाँबाट विधेयक अगाडि बढाएको हो त्यसैले सुझाव दिएको हो । हामीले सिफारिस गरेको होइन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..