उपत्यकाको चर्चित जुवा संचालक जेलमा


काठमाडौ । काठमाडौ , ललितपुर र भक्तपुर का विभिन्न ठाउँमा पेशेवर रूपमा जुवा संचालन गर्दै आएका चर्चित जुवा संचालक खरानी उपनामले चिनिने राजकुमार अधिकारी चेल चलान भएका छन् ।

दशाै बर्षदेखि मिनी क्यासिनोकाे रूपमा जुवा संचालन गर्दै आएका अधिकारी झण्डै छ महिना अघि बानियाँटारमा जुवा लेखाउदा पक्राउ परेका थिए । ६ लाख रूपैयाँ सहित महाराजगन्ज प्रहरीले पक्राउ गरेपनि त्यसै छाेडिदिएकाे थियो । त्यति ठूलो रकम सहित पक्राउ परेपनि प्रहरीले त्यसै छाेडिदिएकाे थियो ।

महाराजगन्ज वृत्तकाे घुमुवा टाेलिले पक्राउ गरि छाेडेपछि झनै ठूलो रूपमा जुवा खेलाउदै आएका राजकुमार अधिकारीलाई अहिले बुढानिलकण्ठ प्रहरी वृत्तले पक्राउ गरेको थियो ।

धेरै प्रहरीका युनिटहरूमा फरार अभियुक्तकाे रूपमा रहेका अधिकारी माथि दर्जनौं मुद्दा भएको खुलेको छ। अहिले भने उनलाई ३० हजार जरिवाना र २४ दिन कैदकाे फैसला भए पछि उनी डिल्लीबजार कारागारमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..