रौतहटका नाकाहरूबाट खुलेयाम तस्करी,तस्करीमा सुरक्षाकर्मीहरूको संरक्षण


गौर । रौतहटका नाकाहरूबाट खुलेयाम तस्करी धन्दा चलिरहेको छ । भारतीय सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् ।जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ ।

तस्करी धन्दामा सुरक्षाकर्मीहरूको नै संरक्षण रहेको भेटिएको छ । रौतहटको गौर , बंकुल , औरया , रामपुरखाप र बेलबेछुवा नाकाबाट अहिले सुरक्षाकर्मीको संरक्षण र सेटिङमा खुलेयाम तस्करी धन्दा चलिरहेको छ । गौर नाकाबाट तस्करीको लाइन पाउनेमा शत्रुधन , मनोज , किरणदेवीको कपडाको धन्दा प्रमुख रहेको छ ।

यो नाकाबाट व्यापक तस्करी भएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालयले गौर बिओपीमा डिएसपीको कमान्डमा प्रस्तावित गुल्म नै खडा गरेको छ तापनि यहाँबाट व्यापक तस्करी चलिरहेको छ। उक्त बिओपीमा डिएसपी सूर्य तिमिल्सिना रहेका छन् ।


डिएसपी तिमिल्सिनाले आफ्ना बिश्वासिला दुई जनालाई घुमुवाको रूपमा परिचालन गरेका छन् । यसरी परिचालन गरिएकाहरूमा सहायक हवल्दार अरूण झा र सिपाही शंकर जैसवाल रहेका छन् । यी घुमुवाहरूले गौर नाका बाहेक , बंकुल , औरया , रामपुरखाप , बेलबिछुवा समेतका नाकाहरूबाट तस्करी गर्ने तस्करहरूसंग पनि सेटिङ मिलाउंदै आएका छन् ।हुदाहुदै गणको नाममा समेत तस्करहरूसंग रकम उठाउने काम हुदै आएको छ ।

महादेवपट्टी नाकाबाट तस्करीको लाइन पाउनेहरूमा सुरज पट्टेल , किशोरी यादव , मोहनीवाली मुख्य छन । यिनीहरूले कपडाको ठूलो तस्करीको लाइन चलाएका छन् । त्यसैगरी औरयाबाट तस्करीको लाइन पाउनेमा अमरजीत साह कपडा , नवल साह खैनी , हार्डवेयर , प्रमोद चिनी मुख्य रहेका छन् । रामपुरखापबाट रहिस , बर्कत लगायतको सूर्ति , हार्डवेयर , कपडा , भैसीको तस्करीको लाइन चलेको छ ।

बंकुल नाकाबाट बच्चेलाल खैनी ,रूपेश साह किराना , राजाबाबु कपडा ,मोतिम कुखुराको चल्लाले तस्करीको लाइन पाएका छन् । बेलबिछुवा नाकाबाट संजय साह , सुरेश यादव , निरज सिंह , बिरेन्द्र सिंह , डाक्टर , मुकेश पट्टेल ,अनिल र रूपेशले प्रमुख रूपमा तस्करीको लाइन पाएका छन् ।

अहिले सशस्त्र प्रहरी बलको तर्फबाट यिनै दुई जना सहायक हवल्दार अरूण झा र सिपाही उमाशंकर जैसवाल घुमुवाको रूपमा परिचालित छन् ।अरूण झा यसअघि तस्करसँग घुष लिदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको व्यक्ति हुन । अहिले फेरि परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..