लहान । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आर्थिक प्रलोभनमा परी मिर्चैया हेल्थ नर्सिङ क्याम्पस प्रा.ली. मिर्चैया सिराहालाई सम्बन्धन दिएको पाइएको छ ।
सीटीईभीटीको परिषद् बैठकले मिर्चैया हेल्थ नर्सिङ क्याम्पसलाई प्रभावमा पारी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।


स्रोतका अनुसार आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका मिर्चैया हेल्थ नर्सिङ क्याम्पसका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो । नेपाल सरकार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गरी यस बिसयमा मैन रहेको बुझिएको छ।
यहाँसम्मकी मिर्चैया हेल्थ नर्सिङ क्याम्पस सञ्चालन गर्न स्वीकृत पाएका कलेजको सय बेडको आफ्नो अस्पताल समेत नरहेको बुझिएको छ ।