भारतीय दुतावास अघि विरोध प्रर्दशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।


भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार प्रर्दशन गरेको हो । नेपाली भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयालले जानकारी दिए ।

उनले भारतले आफ्नो नक्साबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिए ।
विरोध प्रर्दशनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद– मुर्दावाद’, ‘भारतीय सेना– लिपुलेक छोड’, ‘गो ब्याक इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..